सालकको खपटासहित एक युवक पक्राउ
काठमाडौँ, ४, असोज । दुर्लभ वन्यजन्तु सालकको खपटासहित सिन्धुली प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ३० वर्षीय मदनसिंह बम्जन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोजकुमार लामाले बम्जनलाई सालकको खपेटा बोकेर हिँडिरहेको अवस्थामा गस्तीमा रहेको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको बताए ।
प्रहरीले कारबाहीका लागि खपटासहित बम्जनलाई जिल्ला वन कार्यालयमा पठाइएको जानकारी दिए ।