image
image

एमाले सांसदको विरोधका बिच विनियोजन विधेयक पारित 

काठमाडौँ, ४, असोज । अर्थमन्त्री जनार्दन शर्मा पौडेलले पेश गरेको विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोधका बिच विनियोजन विधेयक पारित भएको हो।

विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसद प्रेम सुवाल मात्र सहभागी भएका थिए। बैठकमा सुवालले विभिन्न मन्त्रालय अन्तर्गतका शीर्षकमा रहेका खर्च कटौतीको प्रस्ताव पेश गरेका थिए। सो प्रस्ताव बहुमतले अस्वीकृत गर्दै विनियोजन विधेयक पारित भएको हो। अहिले बैठकमा आर्थिक विधेयक माथि छलफल भइरहेको छ। यो छलफलमा पनि सांसद सुवाल मात्र सहभागी भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।