image
image

एमालेको नाराबाजीका बीच अघि बढ्यो विनियोजन विधेयक पारितको प्रक्रिया

काठमाडौँ, ४, असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बाबजुद् सरकारले संसदमा विनियोजन विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाएको छ । 

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा एमालेको नाराबाजीका बाबजुद सभामुख अग्नि सापकोटाले संसदको कारवाही अगाडि बढाएका हुन् ।

एमालेको नाराबाजी चलिरहेको समयमा सभामुखले नेमकिपा सांसद प्रेम सुवाललाई विनियोजन विधेयकमा खर्च कटौतीको प्रस्ताव राख्न समय दिए । सुवालले आफू बसेको स्थानबाटै विनियोजन विधेयकमा खर्च कटौती प्रस्ताव राखे । उनले स्वास्थ्य बीमाभन्दा पनि निःशुल्क स्वास्थ्य उपचारको माग गरे ।

खर्च कटौती प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले संयुक्त सरकारको नीति तथा कार्यक्रमअनुसार अध्यादेश बजेटमा सामान्य हेरफेर गरिएको बताए । उनले प्रतिस्थापन विधेयक मार्फत गरीब जनताको पक्षमा कार्यक्रम ल्याएको बताए ।

माधव नेपाललगायत १४ सांसदमाथि कारवाहीको माग गर्दै एमालेले प्रतिनिधि सभाको अधिवेशन शुरू भएको दिनदेखि नै संसदमा अवरोध गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।