चार वर्षीय छोरासँगै आमाको शव फेला
काठमाडौँ, ४, असोज । धनुषामा चार वर्षीय छोरासँगै आमाको शव पोखरीमा फेला परेको छ । धनुषाको धनुषाधाम नगरपालिकामा आमा छोराको शव फेला परेको हो। धनुषाधाम नगरपालिका–२ धर्मपुर टोलकी २८ वर्षीया अर्चना सिंह र उनको ४ वर्षीय छोरा कुशकुमार सिंहको शव घर नजिकैको खरीमा सोमबार बिहान फेला परेको हो।
पोखरीमा आमा छोराको शव फेला परेपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए । मृतक महिला स्थानीय अशोक सिंहकी श्रीमती हुन्।
पोखरीबाट निकालिसकिएको शवको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। हत्या गरिएको वा आत्महत्या रहेको विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
यद्यपि गए राति श्रीमान श्रीमतीबीच विवाद हुँदा अर्चनाले छोरालाई लिएर पोखरीमा हाम फालेर आत्महत्या गरेको हुन सक्ने स्थानीयको भनाई छ।