पुटिनको दललाई फेरि बहुमत ल्याउने निश्चित ;रूसमा आमनिर्वाचन
काठमाडौँ, ४, असोज । पुटिन समर्थित युनाइटेड रसिया पार्टीले रुसको तल्लो सदन स्टेट डुमामा पुनः बहुमत ल्याउने देखिएको हो। रूसमा भएको आमनिर्वाचनमा राष्ट्रपति भ्लादमिर पुटिन समर्थित दलले बहुमत ल्याउने निश्चित भएको छ।
तीन दिनसम्म भएको मतदानको ३३ प्रतिशत मतगणना सकिँदा राष्ट्रपति भ्लादमिर पुटिनको समर्थित युनाइटेड रसिया पार्टीले ४५ प्रतिशत मत प्राप्त गरेको छ। प्रतिष्पर्धी अर्को दल रुसी कम्युनिष्ट पार्टीले २२ प्रतिशत मात्रै मत पाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
युनाइटेड रसिया पार्टीले पाँच वर्षअघि भएको चुनावमा ५४ प्रतिशत मत पाएको थियो। ६८ वर्षीय पुटिन कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपति बनेर सन् १९९९ देखि निरन्तर रूसी सत्ताको केन्द्रमा छन्।
गत वर्ष संविधान संशोधन गरेर पुटिनलाई सन् २०३६ सम्म रूसी राष्ट्रपति बन्न बाटो खुला गरिएको छ। सन् २०२४ मा रूसमा राष्ट्रपतिको चुनाव हुँदै छ। उक्त चुनावमासमेत पुटिन उम्मेदवार बन्ने अनुमान गरिएको छ। तर, यसबारे पुटिनले अहिलेसम्म औपचारिक रूपमा केही बताएका छैनन्।