image
image

भोलीदेखि काठमाडौँका १४५ खोप केन्द्रमार्फत भेरोसेलको दोस्रो खोप लगाइने (केन्द्रसहित)

काठमाडौँ ३ असोज  । सरकारले भोली (सोमबार) देखी पुनः कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असोज ४ देखि ६ गतेसम्म खोप लगाइने छ ।

मन्त्रालयका अनुसार जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले   १४५ खोप केन्द्रमार्फत भेरोसेल खोपको दोस्रो मात्रा लगाउने तयारी सकेको छ ।

उक्त खोपका लागि काठमाडौँ महानगरपालिकामा ३२, चन्द्रागिरिमा १५, तारकेश्वरमा ११, बूढानीलकण्ठमा १३, टोखामा ११, नागार्जुनमा १०, कीर्तिपुरमा १०, दक्षिणकाली, गोकर्णेश्वर, शङ्करापुर र वागेश्वरी मनहरामा ९-९ वटा खोप केन्द्रको व्यवस्था गरिएको छ । सरकारले गत साता ४४ लाख मात्रा भेरोसेल खोप ल्याएको छ ।

उक्त खोप वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी बल (एपीएफ) अस्पताल बलम्बु , परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा समेत खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।