मलेसियाले प्लान्टेशनमा ३२ हजार विदेशी कामदार लिने
काठमाडौँ, ३, असोज । मलेसियाले प्लान्टेशन क्षेत्रमा ३२ हजार विदेशी कामदार लिने भएको छ । मलेसियाका मानव संशाधन मन्त्री सरवानन मुरुगनले प्लान्टेशनमा श्रमिकको अभावलाई कम गर्न तत्काललाई करिब ३२ हजार विदेशी कामदार ल्याउने विशेष स्वीकृति सरकारले दिने निर्णय गरेको बताएको स्थानीय दि स्टार अनलाइनले जनाएको छ ।
केही समयअघि यहा‘को एसोसिएटेड चाइनिज चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले प्लान्टेशनमा विदेशी कामदार भर्ना लिन मलेसिया सरकारलाई अनुरोध गरेको थियो ।
मन्त्री मुरुगनले विदेशी कामदार ल्याउने तयारी स्वरूप मानव संशाधन मन्त्रालयले क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल नजिकै २ हजार क्षमताको कोभिड आइसोलेसन केन्द्र स्थापना गर्ने पनि बताए । उनले उक्त केन्द्र सञ्चालनका लागि स्ट्यान्डर्ड अपरेटिभ प्रासिड्युर पनि बनाइरहेको बताए ।
एसिसिसिआईएमका अध्यक्ष लो किआन चुआनले विदेशी कामदारलाई प्रवेश दिने सरकारी प्लान्टेशन क्षेत्रमा देखिएको श्रमिकको अभाव हट्ने बताएका छन् । मलेसियामा कोभिडको संक्रमणपछि नयाँ विदेशी कामदारको एप्रूभल दिइएको छैन ।
हाल पनि विदेशी कामदारको निर्भरता यथावत रहेको मलेसियाका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । मलेसियाले आफ्ना नागरिक र अटोमेसनका आधारमा विदेशी कामदारको निर्भरता हटाउने बताए पनि पर्याप्त इन्सेन्टिभ नपाएको भन्दै स्थानीय कामदार प्लान्टेशनको रोजगारीमा आकर्षित नभएको र अटोमेसनका लागि समय लाग्ने बताइएको छ ।