आज निको हुने भन्दा संक्रमित बढी, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ २ असोज । नेपालमा थप एक हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार एक हजार ६६ जना संक्रमित थपिएका हुन्।पछिल्लो २४ घण्टामा ११ हजार तीन सय ८५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
आठ हजार पाँच सय ४० जनाको पिसिआर परीक्षण र दुई हजार आठ सय १८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल २५ हजार ८२ जना सक्रिय संक्रमित छन्। यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ।एक हजार दुई सय ३४ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।