धौलागिरिमा बढ्यो आरोहीहरूको चहलपहल
काठमाडौँ २ असोज । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरि हिमाल आरोहणका लागि आरोहीहरूको चहलपहल बढेको छ। भदौ अन्तिम सातादेखि आधार शिविरमा हिमाल आरोहणका लागि ओरोही पुग्ने क्रम बढेको छ।
यो सिजनमा आरोहणका लागि आरोही, पथप्रदर्शक, भरिया र आरोहण दलका सहयोगीहरू गरी करिब ७० जना आधार शिविरमा पुगेका छन् । सेभेन समिट ट्रेक्सबाट मात्रै आरोहणका लागि ४६ जनाको टोली आधार शिविरमा पुगेको छ। सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंका अनुसार यो सिजनको आरोहणका लागि अधिकांश आरोही आधार शिविरमा पुगिसकेका छन् ।
भारी वर्षा र ७२ घन्टे पिसिआर रिपोर्टको मापदण्डका कारण अधिकांश आरोहीहरू म्याग्दीबाट हेलिकाेप्टरमार्फत नै आधार शिविर गएका छन् ।