फागुन १४ गतेदेखि छहरेमा महोत्सव शुरु हुँदै
काठमाडौं ४ फागुन । नुवाकोट जिल्ल्को लिखु गाउँपालिका ६ छहरे बजारमा महोत्सव शुरु हुने भएको छ । महोत्सव यही फागुन १४ देखी शुरु हुने आयोजकले बताएका छन ।
स्थानीय कला तथा उत्पादनहरुको प्रवद्र्धन गर्ने उद्देश्यले लिखु गाउँपालिकाको आयोजनामा प्रथम ऐतिहासिक छहरे महोत्सव आयोजना गरिएको जनाइएको छ । उक्त महोत्सवमा स्थानीय कला, प्रतिभालगायत विविध क्षेत्रका कलाकारहरुको पहिचान तथा स्थानीय उत्पादनहरुको प्रवद्र्धन गरिने लक्ष्य रहेको लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए ।
त्यसतै ज्योती फिल्मस् प्रोडक्सनको संयोजनामा आयोजित महोत्सवमा पर्यटकीय विकास, आन्तरिक व्यापार, लोककला संस्कृतिको संरक्षण, कृषिको स्थानीय बजारीकरण, पर्यटन, शिक्षा, स्वास्थ्य तथा प्रशासनिक जनचेतना अभिवृद्धि, श्रष्टा सम्मान, स्थानीय सस्कृतिको संरक्षण, नुवाकोट तारा २०७७ को सुरुवात गरिने पनि बाटएका छन ।
जिल्ला समन्वय समिति, नुवाकोटका १२ वटै स्थानीय तह तथा संगीतकर्मी, कलाकर्मी, होटेल तथा यातायात व्यवसाय समितिको संयोजनामा
हुन लगेको उक्त महोत्सवमा स्थानीय झाकी, लाखे नाच, धामी नाच, धिमे नाच, लोक दोहोरी, खैचडी भजनको समेत मेलाको आकर्षण रहने जनाइएको छ । झण्डै २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको उक्त महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति समेत रहने बताइएको छ ।