image
image

बस पल्टिदाँ १८ जना घाइते, चालक फरार

काठमाडौँ असोज २ । कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसवासामा यात्रु बाहक बस पल्टिदाँ १८ जना घाइते भएका छन् । रुकुमदेखि काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार विहान ४ बजे दुर्घटना भएको थियो । बसमा सवार ३१ मध्ये १८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले बताए ।


दुर्घटनामा सामान्य घाइते भएको १३ जना को स्थानीय सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । मध्यम घाइते भएका पाँच जनालाई थप उपचारका लागि बुटवल लगिएको छ । तीव्र गतिमा रहेको सो बस अनियन्त्रित भई सवारी दुर्घटना भएको प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र पाण्डेले बताए । दुर्घटनापछि सवारी चालक फरार रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।