image
image

 पार्टीभित्र देखिएका विवाद समाधानका लागि छलफलमा जुटे देउवा

 काठमाडौँ ५ जेठ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र देखिएका विवाद समाधानका लागि छलफल थालेका छन् ।

संस्थापनइतर समूहले देउवाकै गृहजिल्लामा भएको वडा अधिवेशन अमान्य हुने बताएपछि देउवाले संवाद थालेका हुन् । सभापति देउवाले अहिले पार्टीका शीर्ष नेतासँग छलफल गरिरहेका छन् ।

बालुवाटारमा जारी छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का , पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला तथा नेताहरू डा मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।