image
image

देशभर मलको चरम अभाव, मल गोदामहरु रित्तिन थाले 

काठमाडौँ, १, भदौ । देशभरका किसानले यतिबेला रासायनिक मलको अभाव झेल्नुपरेको छ । वर्षेनी खेतीबाली लगाउने सिजनमै रासायनिक मलको अभाव झेल्दै आएका किसानले यो वर्ष पनि रासायनिक मलको अभाव झेल्नु परेको हो ।  समयमै खरिद प्रक्रिया अघि नबढाएको र आपूर्तिकर्ता कम्पनीको लापरबाहीका कारण किसानले धान गोड्ने बेला र गहुँ खेतीको सिजनका लागि मलको अभाव झेल्नुपर्ने भएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्र्तगत मल खरिद र वितरण गर्ने जिम्मा पाएको सरकारी निकाय कृषि सामग्री कम्पनीको मल गोदाम र डिपोहरु रित्तिन थालेका छन् ।  कम्पनी मातहतका शाखा कार्यालय तथा डिपो मल नभएर रित्तिन थालेका हुन् ।

हालसम्म कृषि सामग्री कम्पनीसँग ३ हजार ४ सय १९ मेट्रिक टन मल मात्र मौज्दात छ । धान गोड्ने बेला र गहुँ खेतीका लागि देशभर कम्तीमा डेढ लाख मेट्रिक टन मल चाहिन्छ । तर, कम्पनीको गोदाममा अहिले युरिया १ हजार ९२५ मेट्रिक टन, डिएपी ३ सय ६० मेट्रिक टन र  पोटास १ हजार १३४ मेट्रिक टन मल मौज्दात छ ।

कम्पनीका प्रवक्ता विष्णु पोखरेलले देशभर धान गोड्नका लागि मल करिब करिब पुगेको बताउँछन् । तर, गहुँ लगाउने बेलासम्म भने मल अभाव नै रहने उनको तर्क छ । यता, यसअघि नै द्रुतगतिमा ५० हजार मेट्रिक टन मल ल्याउने जिम्मा पाएको साल्ट ट्रेडिङ मल नल्याइदिँदा अहिले मल अभाव भएको छ । 

कुषि सामग्री कम्पनीले ४ लाख मेट्रिकटनभन्दा माथि मल ल्याउन सकिरहेको अवस्था छैन् । वर्षेनी मलको विषयमा विभिन्न बहाना बनाउँदै आएका साल्ट र कृषि सामग्री कम्पनीहरुले अहिलेसम्म ५ लाख मेट्रिकटन भन्दा माथि मल ल्याउन सकिन्छ कि सकिदैन भनेर प्रयाससम्म गरेका छैनन् । 

नेपालको सबै खेतीयोग्य जमिनको हिसाबले १२ लाख ९५ हजार मेट्रिकटन मल आवश्यक रहेको मन्त्रालयको तथ्याङकले देखाएको छ । तर, नेपालमा माग अनुसारको आधा पनि मल नआउदा किसान सधै चिन्तित बनेका छन् । 

नेपालमा कुषि सामग्री र साल्ट ट्रेडिङलेले मल बिक्रि गर्दै आइरहेका छन् । तर यी दुई कम्पनीले टेन्डर हालेर किसानको माग अनुसारको मल ल्याउन सकिरहेका छैनन् । मलको विषयमा सम्बन्धित निकायले चासो नदिँदा किसान सधैं मर्कामा परेका छन् ।गत वर्ष करिब ४ लाख टन ल्याएको र यो वर्ष पनि  बजेट थप भएन भने ३ लाख मेट्रिक टन मात्रै मल ल्याउन सकिने पोखरेलले बताए ।  

अन्तराष्ट्रिय बजार रासायनिक मलको भाउ विगतको तुलनामा धेरै महंगो भएको पोखरेलको भनाइ छ । अहिले युरिया मल पर मेट्रिक टन ६ सय ६२ डलर पुगेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।