image
image

माधव नेपाल एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई 

काठमाडौँ १ असोज । नेकपा (एमाले) सचिव योगेश भट्टराईले नेकपा एमालेबाट विभाजित भए नयाँ पार्टी नेकपमा (एकीकृत समाजवादी) पार्टी खोलेका माधवकुमार नेपाल नेकपा एमालेमै फर्किने जिकिर गरेका छन् ।

प्रेस चौतारी नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेका थियौँ तर पार्टीभित्र पर्याप्त छलफल नगरी पार्टी फोरे । यो राम्रो भएन । अरु कार्यकर्तालाई पनि नेपालको पछि नलाग्न आग्रह गर्दछु ।”

सचिव भटृराईले पार्टीको कार्यकारी पदमा ७० वर्षको उमेर हद लागू गरिएपछि नयाँ पुस्ताले नेतृत्व गर्न पाउने विश्वाससमेत व्यक्त गरे । यो सरकार असफल भइसकेको छ । पैँसठ्ठी दिनसम्म सरकार विस्तार गर्न नसकेको र अन्तर्राष्ट्रियस्तरमा विश्वसनियता गुमाइसकेकाले अब विकल्प खोजेर एमालेकै नेतृत्वमा चुनावमा जानु एकमात्र उपयुक्त माध्यम भएको उनले जोड दिए ।

एमसीसीका विषयमा सरकारको आधिकारिक धारणा बाहिर ल्याउन जरुरी रहेको बताएको सचिव भटृराईले आम सञ्चार विधेयकले पत्रकार जगतमा अङ्कुश लगाउने भएकाले यसको विपक्षमा आफू उभिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।