प्रमुख जिल्ला अधिकारीलाई ललितपुर उद्योग वाणिज्य संघले दियो बधाई
काठमाडौँ, १, असोज । ललितपुर उद्योग वाणिज्य संघले ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बधाई दिएको छ । देशका ७७ वटा जिल्ला प्रशासन कार्यालयमध्य ललितपुर जिल्ला प्रशासन कार्यालय दोस्रो बनेपछि संघले बधाई दिएको हो । संघका अध्यक्ष मनोज बहादुर न्याछ्योको नेतृत्वमा संघले बधाई दिएको हो ।
संघले जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डिप्रसाद निरौला र वरिष्ठ प्रहरी उपरिक्षक किरण बज्राचार्यलाई बधाई एवं सम्मान गरेको बताएको छ । कार्यक्रममा संघका अध्यक्ष न्याछ्योंले ललितपुर उद्योग वाणिज्य संघले जिल्लाको उद्योग तथा व्यापार व्यवसायको संरक्षण र सम्वद्र्धन गर्दै आएको बताए ।
यस्तै, उनले आर्थिक तथा सामाजिक विकासको लागि विगत ५५ वर्षवेखि संघले निरन्तर काम गर्दै आएको बताए । अध्यक्ष न्याछ्योंले कोरोना भाइरसको दोस्रो लहरको बढ्दो संक्रमणलाई मध्यनजर राखि अक्षेश्वर महाविहार, पुल्चोकमा संचालन गरेको समेत बताए ।
कोभिड संक्रमितहरुको चाप बढेसंगै उपचारको क्रममा अति आवश्यक अक्सिजनको कमिले गर्दा उपचारमा समस्या उत्पन्न भएकोले अक्सिजन सिलिन्डरको व्यवस्था गरि उपचारमा सहजीकरण गरिदिएको समेत उनले बताए । ललितपुर महानगरपालिकाको सहयोगमा संघका ५ हजार उद्यमी व्यवसायीहरुलाई कोभिड खोप दिइएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी निरौलाले सरकारी प्रशासनबाट जिल्लाका आर्थिक विकासका साथै विकास निर्माण एवं सुरक्षामा जिम्मेवार बनाउन आफुले हर संम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै सरकारी अधिकारीहरुले जनता प्रति जवाफदेहि भएर सेवाग्राहीहरुको काम गर्नु पर्नेमा जोड दिए ।