image
image

प्रचण्ड उडेको जहाज हो, हेर्दै गयो बिलाउँदै जान्छः ओली

 काठमाडौँ, ३१, भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिलाउँदै गएको टिप्पणी गरेका छन् ।

बिहीबार राजधानीमा आयोजित एमाले जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डलाई उडिरहेको जहाजसँग तुलना गर्दै भने, ‘प्रचण्डरूपी यत्रो जहाज उडेको, अलिक पर जाँदा विस्तारै देख्न छोडिन्छ ।’

माओवादीका कार्यकर्तालाई पार्टीको कार्यकर्ता कि प्रचण्डको सेवक भन्दै एमालेमा आउन आह्वान गरे । ‘हिजो हामी नेकपा भएर एकीकृत भइसक्यौं,’ ओलीले भने, ‘तपाईंहरू पार्टीको कार्यकता हो कि प्रचण्डको घरेलु कार्यकर्ता प्रचण्डलाई घाँस हालेर के दिन्छन्  मन्त्री दिन्छु भन्थे अहिले त त्यो पनि दिन छाडे । दुई महिना भइसक्यो अहिले मन्त्री पनि बनाएको छैन ।’

माओवादी केन्द्रमा नाममा प्रचण्डका साथमा जो हुनुहुन्छ, उहाँहरूलाई पार्टीमा फर्किन म आग्रह गर्न चाहान्छु, यो एकीकृत पार्टी हो,’ ओलीले थपे, ‘प्रचण्डलाई मैले ८(१० वटा मन्त्री त दिएको थिएँ नि, धेरै खाउँला भनेर गएको हेर त’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।