डडेलधुराको वडा अधिवेशन पुनः गराउन रामचन्द्र पौडेलको माग
काठमाडौँ, ३१, भदौ । डडेलधुराको वडा अधिवेशन पुनः गराउनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निर्वाचन समितिको ध्यानाकर्षण गराउने भएको छ। बिहीबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपा पुगेर पौडेल समूहले निर्वाचन समितिको ध्यानाकर्षण गराउने भएको हो।
वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू अर्जुननरसिंह केसी, शेखर कोइराला, डा। मीनेन्द्र रिजाललगायत नेताहरु सानेपा जाने कार्यक्रम छ।