image
image

 तरकारी गाडी खोलामा खस्दा एक जनाको मृत्यु

 काठमाडौँ, ३१, भदौ । मकवानपुरबाट तरकारी बोकेर काठमाडौँ आउँदै गरेको तरकारी गाडी खोलामा खस्दा एक जनाको मृत्यु भएको छ । गए राति  मकवानपुरबाट काठमाडौं आउदै गरेको  ना५ख ८६४२ नम्बरको आइचर अनियन्त्रित भई थाक्रे गाउँपालिका ८ स्थित सोप्याङ खोलामा खस्दा एक जनाको मृत्यु भएको हो ।

उक्त गाडी  करिब ७० मिटर तल खस्दा मकवानपुर थाहा नगरपालिका १ का ४२ वर्षीय  सुन्दर प्रधानको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।  उनको शव  केही बेर अघिमात्रै तरकारीहरूले थिचिएको र ढुंगाले च्यापिएको अवस्थामा निकालिएको प्रहरीले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।