image
image

एकैदिन २ लाख ९९ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँ  ३१ भदौ।पछिल्लो केही दिन यता नेपालमा लगातार कोरोना भाइरसका संक्रमितको संख्या घट्दै गइरहेको छ । बुधबार १७ सय ६० जनामा संक्रमण पुष्टि भएको थियो । बुधबार एकैदिन कोरोनाविरुद्धको विभिन्न खोप २ लाख ९९ हजार १ सय ३१ जनाले लगाएका छन् ।


पछिल्लो २४ घन्टामा बाग्मती प्रदेशमा कोरोना भाइरसविरुद्ध एष्ट्रेजेनिका खोपको पहिलो मात्रा ४२ सय ७५ जनाले लगाएका छन् भने दोस्रो मात्रा २७ जनाले लगाएका छन् । यसैगरी, भेरोसेल खोपको पहिलो मात्रा ३१ हजार ९ सय ५३ र दोस्रो खोपको मात्रा १० हजार बढीले लगाएका छन् ।

त्यस्तै, कोरोनाविरुद्धको जोन्सस एण्ड जोन्सन खोप बाग्मती प्रदेशमा हालसम्म ३ लाख ४७ हजार ४ सय १४ जनाले लगाएका छन् । नेपालमा हालसम्म एस्ट्रेजेनिका खोपको पहिलो मात्रा २४ लाख ७६ हजार १ सय ३९ र दोस्रो मात्रा १४ लाख ३३ हजार ६ सय २७ जनाले लगाएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, भेरोसेल खोपको पहिलो मात्रा ३५ लाख २७ हजार ८ सय ८० जना र दोस्रो मात्रा २५ लाख ८२ हजार ५ सय ४९ जनाले लगाएको छन् । जोन्सन एण्ड जोन्सन १३ लाख ९९ हजार २ सय ५१ जनाले हालसम्म लगाएका छन् ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।