image
image

ओरालो लाग्दै कोरोणा संक्रमण

काठमाडौँ, ३१, भदौ। नेपालमा भदौ महिनामा दोस्रो लहरयताकै थोरै कोभिड–१९ संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा टेस्ट पोजिटिभिटी दर १०।६ प्रतिशत छ । पाँच महिनायता बुधबार सबैभन्दा कम संक्रमितको मृत्यु भएको तथ्यांक छ । पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणका कारण सातजनाको मृत्यु पुष्टि भएको हो ।

साउनयताको तथ्यांक यस्तो छ 
नेपालमा दोस्रो लहरको कोभिड–१९ संक्रमण उच्च भएयता साउन महिनामा सबैभन्दा धेरै संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । असार मसान्तसम्म ६ लाख ६२ हजार ५७० रहेको कोभिड संक्रमितको संख्या साउन ३२ गतेसम्म आइपुग्दा सात लाख ३४ हजार ८३८ पुग्यो । यो एक महिनाको अवधिमा थपिने संक्रमितको तुलनामा निको हुनेको संख्या निकै कम रह्यो । साउनमा ५८ हजार ६७२ जना संक्रमणमुक्त भए । जबकि, थपिने संक्रमितको संख्या ७२ हजार २६८ थियो ।

साउन महिनाभर मात्रै संक्रमणका कारण ८६४ जनाको मृत्यु पुष्टि भएको मन्त्रालयको तथ्यांक छ । सक्रिय संक्रमितको दर ४ प्रतिशतबाट बढेर ५।३६ प्रतिशत पुगेको थियो भने दैनिक टेस्ट पोजिटिभिटी दर २२ प्रतिशतभन्दा बढी नै रह्यो । साउनको अन्तिम साता नेपालमा प्रत्येक चार परीक्षणमा एकजनामा कोभिड संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकले देखाउँछ ।

तर, भदौमा थपिने कोभिड संक्रमितको संख्या साउनको भन्दा झन्डै २६ हजारले कम छ । भदौका ३० दिनमा नेपालमा दुई लाख ९४ हजार ३८ वटा नमुनाको परीक्षण गरिएको थियो । उक्त परीक्षणबाट ४६ हजार ४१४ जनामा संक्रमण पुष्टि भएको थियो ।

यस्तै, भदौमा संक्रमणमुक्त हुनेको संख्या तुलनात्मक रूपमा साउनभन्दा बढी ५८ हजार ३८६ छ, यो थपिने संक्रमितको संख्याभन्दा बढी हो । साउनमा ७२ हजारभन्दा बढी संक्रमित थपिँदा निको हुनेको संख्या ५८ हजार ६७२ निको थियो ।

भदौमा कोभिड–१९ संक्रमणका कारण ६६४ जनाको मृत्यु भएको तथ्यांक छ । साउनमा ८६४ जनाको मृत्यु भएको थियो । ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या साउनमा २१ रहेकोमा भदौ अन्तिममा आइपुग्दा ११ मा झरेको छ । यस अर्थमा कोभिड संक्रमणको जोखिमका हिसाबले ‘रेड जोन’मा परेका जिल्लाको संख्या पनि भदौमा घटेको तथ्यांकले देखाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।