परिवर्तनको संवाहक भन्नेहरूले नै पटक–पटक संघीय गणतन्त्रको चिरहरण गरेःकमल थापा
काठमाडौँ, ३१, भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले परिवर्तनको संवाहक भन्नेहरूले नै पटक–पटक संघीय गणतन्त्रको चिरहरण गरेको बताएका छन् । त्यसैले अब यो व्यवस्थाप्रति पुनर्विचार गर्न ढिलो गर्न नहुने उनको भनाइ छ ।
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार असफल भएको पुनःपुष्टि भएको पनि उनले सामाजिक सञ्जालमार्फत बताएका छन् ।
‘समयमा बजेट पारित नभएकाले नेपालको इतिहासमा पहिलोपटक देश बजेटविहिन गभर्मेन्ट सटडाउनको अवस्थामा पुग्नुले ‘अपवित्र गठबन्धन सरकार’ र व्यवस्थाको असफलतालाई पुनःपुष्टि गरेको छ’, थापा भन्छन्, ‘परिवर्तनको संवाहक भन्नेहरूले नै पटक(पटक संघीय गणतन्त्रको चिरहरण गरेका छन् । पुनर्विचार गर्न ढिलो नगरौँ ।’