image
image

राष्ट्रपति भण्डारीसँग एमाले अध्यक्ष ओलीको भेट

काठमाडौँ, ३१, भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ ।

बुधबार राती पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली राष्ट्रपति भण्डारी भेट्न शीतलनिवास पुगेका थिए । भेटघाटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बुझिएको छ । तर राष्ट्रपति कार्यालयले भने सो बारेमा कुनै पनि कुरा खुलाएको छैन ।

बुधबार कार्यकर्ताहरुलाई सम्बोधन गर्न बुटवल पुगेका ओली निजी निवास बालकोट नगई सिधै शीतलनिवास पुगेका थिए । राष्ट्रपति भण्डारी र ओलीबीच करिब २ घण्टा भेटघाट भएको बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।