image
image

बोलबम धाम पुनर्निर्माण सुरु

काठमाडौँ, ३१, भदौ । पश्चिम क्षेत्रको प्रख्यात पर्रोहा परमेश्वर बोलबम धामको पुनर्निर्माण सुरु भएको छ । रूपन्देहीको सैनामैनामा रहेको धामलाई लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीयस्थल बनाउने लक्ष्यसहित पुनर्निर्माण थालिएको हो । 

सैनामैना नगरपालिकाले १४ करोड रुपैयाँ लागतमा गुरुयोजना बनाएर काम थालेको छ । नगर प्रमुख चित्रबहादुर कार्कीले धामलाई व्यवस्थित बनाउन कलात्मक पुनर्निर्माणसहित दुई वर्षभित्रमा काम सक्ने गरी गुरुयोजना बनाइएको बताए । बोलबम धामको धार्मिक महत्व त छँदैछ, उनले भने, ‘कलात्मक निर्माणले थप पर्यटक आकर्षित गर्न र पर्यटन व्यवसाय बढाउन मद्दत पुग्नेछ ।

गुरुयोजना अनुसार धामको मूल मन्दिर प्यागोडा शैलीमा बनाइनेछ । अग्निशाला र दक्षिणको सहायक प्रवेशद्वारलाई प्राचीन कलामा उतारिनेछ । मन्दिरको तल्लो तलामा २८ वटा र माथिल्लो तलामा २० वटा कलात्मक काठका टुँडाल बनाइनेछ । करिब पाँच सय किलोको मूल घण्ट, ५१ फिट अग्लो धातुको खम्बा बनाई त्रिशूल र डमरु राखिनेछ । मन्दिरमा साढे ५ फिटको मूल गजुर रहनेछ । उक्त संरचना बनाउन ६ करोड ५७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।