image
image

कतारमा कोरोनाविरुद्धको तेस्रो डोज खोप लगाउन शुरु

काठमाडौँ, ३१, भदौ । नेपाली श्रमिकको प्रमुख श्रम गन्तब्य रहेको कतारमा कोरोना भाइरसविरुद्धको तेस्रो डोज खोप लगाउन शुरु गरिएको छ ।आठ महिना भन्दा पहिले भ्याक्सिनको दोस्रो डोज पाएका सबै व्यक्तिहरुको लागि तेस्रो डोज खोप लगाउन थालेको कतारको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ विरुद्धको तेस्रो डोज खोप लगाउने कतार युनिभर्सिटीका पूर्व निर्देशक डाक्टर अब्दुल्लाह अल कुबैसी रहेको र उनले मदिना खलिफा स्वास्थ्य केन्द्रमा पुगेर बुधबार खोप लगाएको मन्त्रालयले जनाएको छ ।

बुस्टर खोप डोज नाम दिइएको तेस्रो डोज खोप फाइजर, बायोएनटेक र मोर्डनाबाट निर्माण भएको हो । उक्त तेस्रो डोज खोप गम्भीर संक्रमणको जोखिम रहेका व्यक्तिहरुमा केन्द्रित हुने जनाइएको छ । अहिलेसम्म कतारमा ४६ लाख २४ हजार १७९  जनालाई खोप वितरण गरिसकिएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । कतारले आफ्ना नागरिकसहित अन्य आप्रवासी श्रमिकहरुलाई पनि निशुल्क रुपमा खोप लगाउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।