image
image

हुम्लामा मोबाइल चार्ज गरेकै एक सय रुपैयाँ शुल्क

काठमाडौँ, ३०, भदौ। हुम्लामा विगत तीनदिनदेखि विद्युत अवरुद्ध हुँदा मोबाइल चार्ज गर्न सर्वसाधारण शुल्क तिर्न बाध्य भएका हुन्।एकपटक मोबाइल चार्ज गरेकै एक सय रुपैयाँ तिर्नपरेपछि हुम्लाबासी समस्यामा परेका छन्। स्थानीय हिल्दुम साना जलविद्युत आयोजनाले मर्मत गर्ने भन्दै विद्युत आपूर्ति बन्द गर्दा यस्तो समस्या आइपरेको हो।

जसले गर्दा सर्वसाधारणलाई सोलारमार्फत एकसय रुपैयाँ तिरेर मोबाइल चार्ज गर्नुपर्ने बाध्यता आइलागेको हो। सोलार बत्ती जडान गरेकाले एउटा मोबाइल चार्ज गरेको एक सय रुपैयाँ लिने गरेका छन्।

स्थानीय परबहादुर थापाले एउटा मोबाइल चालीस प्रतिशत चार्ज गरेकै एक सय रुपैयाँ तिर्न परेको गुनासो गरे। उनले सोलारबाट काम गर्दै आएको एउटा विद्युतीय पसलमा मोबाइल चार्ज गर्न एक सय रुपैयाँ तिरेको बताए।

अर्का स्थानीय सुरेश कार्कीले चार्ज सकिएर अफ भएको मोबाइल खुलाउन एक सय रुपैयाँ तिरेर चार्ज गर्नुपरेको सुनाए।

यो समस्या थापा र कार्कीको मात्र नभई हुम्लाका अधिकांश मोबाइल प्रयोगकर्ताको रहेको छ। स्थानीयले अहिले अत्यावश्यक बन्दै आएको मोबाइल चार्ज गर्न विद्युतीय पसलेहरुले महंगो शुल्क लिएको भन्दै आपत्ति जनाएका छन्।

सोलारबाट सामान मर्मत गर्दै आएका यहाँका विद्युतीय व्यवसायीहरुले महँगो हवाई भाडा तिरेर सोलारका सामान ल्याउनु परेकाले चार्ज गर्दासमेत शुल्क लिनु परेको स्पष्टीकरण दिएका छन्। घाम पनि राम्रो नलाग्ने भएको कारण थोरै बचेको चार्जमा मोबाइल चार्ज गरी दिनुपर्दा एक सय रुपैयाँ लिने गर्दै आएको उनीहरुको भनाइ छ।

एक व्यवसायीले दैनिक ५० भन्दा बढी मोबाइल चार्ज गर्ने गरिएको बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।