image
image

कांग्रेसले गर्यो थप आठ जिल्लाका क्रियाशील सदस्यता विवाद समाधान

काठमाडौँ ३० भदौ । नेपाली कांग्रेसले थप आठ जिल्लाका क्रियाशील सदस्यता विवाद समाधान गरेको छ । क्रियाशील सदस्यताको सूची नटुंगिदा वडा अधिवेशन नै प्रारम्भ नभएको २१ मध्ये ८ जिल्लाको सदस्यता सूची केन्द्रीय निर्वाचन समितिले आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

निर्वाचन समितिमा थप ८ जिल्लाको क्रियाशील सदस्यता प्राप्त भएको छ । प्राप्त सदस्यता सार्वजनिक गरेर कार्यतालिका अनुसार अधिवेशन तयारी अगाडि बढाउँछौं’, निर्वाचन समितिका एक सदस्यले भने । मंगलबार विवाद समाधान गरी निर्वाचन समितिमा बुझाइएको क्रियाशील सदस्यता सूची काभ्रेपलाञ्चोक, बर्दिया, सिन्धुपाल्चोक, बाजुरा, मोरङ, महोत्तरी, कैलाली र पर्सा जिल्लाका हुन् ।

वडा अधिवेशन हुन बाँकी जिल्लाहरूमा असोज ५ गते वडा अधिवेशन गरिँदैछ । यसअघि ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेका छन् । वडा अधिवेशन भएकामध्ये डडेल्धुराको अधिवेशनलाई संस्थापन इतर समूहले बहिष्कार गर्दै पुनः अधिवेशनको माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।