image
image

विमला वलीले दिइन् पूर्व मुख्यमन्त्री शंकर पोखरेल  विरुद्ध जाहेरी 

काठमाडौँ ३० भदौ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलका विरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी परेको छ । प्रदेश सभा सदस्य बिमला वली खत्रीले पोखरेल सहित एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावत विरुद्ध हदैसम्मको कारबाहीको माग गर्दै किटानी जाहेरी दिएका हुन् ।

गत साउन १५ गते देखि ५ दिन सम्म पोखरेल मुख्यमन्त्री हुँदा दाङबाट ल्याएर बन्धक बनाएकोले शरीर बन्धकसम्बन्धी कानुन अनुसार कारबाहीको माग गर्दै वली खत्रीले किटानी जाहेरी दिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले प्रदेश सभा सदस्य ओलीले किटानी जाहेरीका लागि पत्र बुझाउनु भएको पुष्टि गरेका छन् । तर प्रहरीले भने घटना दाङबाट सुरु भएकाले दाङमै जाहेरी दर्ता गर्ने प्रतिबद्धता सहितको पत्र दिइएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मदन कुँवरले बताए ।

तर, दाङ प्रहरीले भने उजुरी आइनसकेको बताएको छ । सांसद ओली र माओवादी केन्द्रका प्रमुख सचेतक बसन्त घर्तिमगर जाहेरी लिएर इलाका प्रहरी कार्यालय बुटवल पुग्नु भएको थियो । उजुरी अनुसार कसुर ठहर भएमा पोखरेल सहित ४ जनालाई ७ देखि १० वर्ष कैद र ७० हजार देखि १ लाख रुपैयाँ सम्म जरिबाना हुने मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।