आउँदो निर्वाचनमा माओवादी केन्द्र पार्टी पहिलो बन्ने प्रचण्डको दाबी
काठमाडौँ ३० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो निर्वाचनपछि आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन्।
बुधबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीको ७औं स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले आउँदो निर्वाचनमा माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे।
उनले अहिलेको गठबन्धन कांग्रेस(माओवादी(एकीकृत समाजवादी र जसपाबीचको गठबन्धन निर्वाचनसम्म जान सक्ने संकेत पनि गरे। गठबन्धन कायमै रहे चुनाव गठबन्धनको दुई तिहाइ आउने उनको भनाइ छ।