image
image

सिरहाको लहानमा एक युवती मृत फेला

काठमाडौँ, ३०, भदौ । सिरहाको लहानमा उदयपुरकी एक युवती मृत भेटिएकी छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका १० खैराकी २१ वर्षीया करिश्मा चौधरी आफ्नै कोठाभित्र मृत भेटिएकी हुन् । लहानस्थित एक कपडा पसलमा काम गर्दै आएकी करिश्मा कोठाको बाहिरबाट चुकुल लगाएको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय लहानले जनाए छ ।

करिश्मा दिउँसोदेखि साँझसम्म कोठाबाट बाहिर ननिस्किएपछि घरबेटीले कोठा खोलेर हेर्दा उनलाई मृत अवस्थामा फेला पारिएको  मृतक युवतीका मामाको छोरा राजेश चौधरीले बताए । राजेशले करिश्माको हत्या भएको दाबी गरे । 

इलाका प्रहरी कार्यालय लहानले मृतकको घाँटीमा डोरीले बाँधेको डाम, रगत र टाउकोमा चोट देखिएको बताएको छ । चुकुल बाहिरबाट लगाइएको अवस्थामा भेटिनुले थ शंका उब्जाएको भन्दै परिवारले छानविनको माग गरेको छ ।

यता अनुसन्धानको लागि भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्या वा आत्महत्या भन्ने पोस्टमार्टमपछि मात्र थाहा हुने र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।