image
image

रुपन्देहीका पत्रकार विन्दु चौहानको मृत्यु

काठमाडौँ, ३०, भदौ । रुपन्देहीका पत्रकार बिन्दुकुमार चौहानको गएराती मृत्यु भएको छ । जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेर दुई दशक देखि पत्रकारिता गर्दै आएका ४५ वर्षीय चौहानको भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारका क्रममा मृत्यु भएको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष वसन्त गिरिले जानकारी दिए । चौहान प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य थिए ।  

तीन दिनअघि निमोनिया देखिएपछि चौहानलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएको थियो । त्यस अस्पतालमा उनको स्वास्थ्य अवस्था थप गम्भीर भए पछि भैरहवा मेडिकल कलेजमा लगिएको अवस्थामा गएराती मृत्यु भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराजा पोख्रेल जानकारी दिँदै दुख व्यक्त गरे । लुम्बिनी सांस्कृतिक नगरपालिका–११ काठी नदी घर भएका चौहानका श्रीमती, चार छोरा र तीन छोरी रहेका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।