image
image

इजरायल जान लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक 

काठमाडौँ, ३०, भदौ। इजरायल जानका लागि लिइएको भाषा परीक्षामा २ हजार २९ जना उत्तिर्ण भएका छन् । इजरायलबाट केयरगिभरका लागि नेपाली कामदारको माग आएपछि भाषा परीक्षा लिइएको थियो । उक्त परीक्षामा ७ हजार नौ जना सामेल भएका थिए ।

जसमा २ हजार भन्दा बढीको नाम निस्कीएको बैदेशिक रोजगार विभागले जनाएको छ । इजरायल जानका लागि अंग्रेजी भाषा अनिवार्य छ । उत्रिण भएका परीक्षार्थीहरुबाट १ हजार नेपाली कामदार छनौट हुनेछन् ।

उत्रिण भएका सबैलाई अब उचाइ र तौल जाँच गरिने बताइएको छ । उक्त परीक्षणका लागि असोज, १, २ र ३ गते बिहान र दिउँसोको समय निर्धारण गरिएको छ । यो क्रम पार गरेपछि उनीहरुको अन्तर्वार्ता असोज ४ गतेदेखि ९ गतेसम्म हुने विभागले बताएको छ ।

सो चरण पनि पार गरेका परीक्षार्थीहरुको अंक तालिकासहितको विवरण इजरायको निकायमा पठाइने र त्यहाँबाट नतिजा प्रकाशन गरिनेछ । यसरी इजरायल जाने नेपाली कामदारको २५ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै उचाइ कम्तीमा एक दशमलव पाँच मिटर अर्थात चार दशमलव नौ फिट हुनुपर्नेछ । साथै तौल पनि कम्तिमा ४५ केजी हुनुपर्ने उल्लेख गरिएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।