image
image

प्रज्ञा बालकविता महोत्सव

काठमाडौँ, ३०, भदौ । राष्ट्रिय बाल दिवस–२०७८ का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको आयोजनामा भर्चुअल प्रविधिबाट  ‘प्रज्ञा बालकविता महोत्सव–२०७८ गरिएको छ । मुलुकभरका ३५ बालबालिकाका कविता वाचन, कार्यपत्र प्रस्तुति तथा मन्तव्यसहित महोत्सव सम्पन्न भएको हो ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बालसाहित्यको प्रवद्र्धनका निमित्त बालकविता महोत्सव आयोजना गरिएको जनाउँदै बालबालिका नयाँ शिल्प र सिर्जनशीलताका साथ अगाडि आइरहेको बताए । 

प्रज्ञा बालकविता महोत्सव–२०७८ को औचित्यमाथि प्रकाश पार्दै प्रतिष्ठानका साहित्य (कविता÷काव्य) विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेलले कस्तो उमेरका बालबालिका भन्ने सन्दर्भमा १८ वर्ष उमेर मुनिकालाई भन्ने कानुनले नै तोकेको र त्यो सङ्ख्या ४० प्रतिशत रहेको उनले उल्लेख गरे । 

देशभरिबाट ४० बालबालिका छनोट गरिएको र त्यसमध्ये ३५ बालबालिका जोडिएर कविता प्रस्तुत गरेका थिए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।