आज चार जना घुससहित पक्राउ
काठमाडौँ ३ फागुन । आज काठमाडौं र रुपन्देहीमा दुई दुई जना पक्राउ परेका छन् । रुपन्देही जिल्ला अदालतका नापी निरीक्षक (सर्वेक्षक)द्वय सुमित चौलागाईँ र मनोज थापा घुससहित पक्राउ परेका छन् । त्यस्तै काठमाडौंमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल, काठमाडौंका नायव सुब्बा नरेन्द्र चन्द र लेखापढी व्यवसायी रामबाबु दाहाल घुससहित पक्राउ परेका छन् ।
रुपन्देहीको अदालतमा परेको जग्गा सम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै उनीहरुले सेवाग्राहीसँग घुस लिँदा लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
त्यस्तै काठमाडौं का काठमाडौंका नायव सुब्बा नरेन्द्र चन्द र लेखापढी व्यवसायी रामबाबुलाई सेवाग्राहीसँग ८ हजार घुस लिँदालिँदै घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो । अख्तियाले लेखापढीको काम गर्ने दाहालले सुब्बा चन्दलाई दिइसकेको अवस्थामा रकम सहित विभाग परिसरबाट दुबै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।