image
image

दोहोरो अंकले घट्यो नेप्से, दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि 

काठमाडौँ २९ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से १८.५४ अंकले घटेर दुई हजार ९ सय २९ दशमलब २९ विन्दुमा पुगेको हो । 

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ५ अर्ब १९ करोड ५२ लाख बराबरको कारोबार भएको छ । सोमबार ९ अर्ब २९ करोड बराबरको कारोबार भएको थियो ।

आज २२२ कम्पनीको १ करोड ६ लाख ३९ ८ सय २६ शेयर ५९ हजार ८ सय ५४ पटक कारोबार भएको छ । त्यस्तै आज सबै समूह  घटेर रताम्बे भएका छन् ।     

नेप्सेका अनुसार आज कारोबार भएका दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था र सानिमा लाइफ इन्स्योरेन्स रहेका छन् ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ६ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज २७ करोड भन्दा बढीको कारोबार भएको छ ।                
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
100%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।