image
image

असोजको दोस्रो साताबाट अग्रिम टिकट बुकिङ खुलाउने तयारी

काठमाडौँ, २९, भदौ । असोजको दोस्रो साताबाट दशैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरिएको छ ।

यातायात व्यवस्था विभागले दशैँका लागि असोजको दोस्रो साताबाट टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो । विभागले यातायात व्यवसायीहरुसँग छलफल गर्दै उपत्यका छोड्ने यात्रुहरुका लागि टिकट बुकिङ खुला गर्न लागेको हो । यसबारेमा सरकारसँग समेत छलफल गरिएको विभागले जनाएको छ ।

यसअघिका दशैँमा करिब २० लाखले उपत्यका छाड्ने गरेका थिए । कोरोना महामारीको कारण गत वर्षको दशैँमा त्यो संख्या आधा घटेको थियो । दशैँका समयमा टाढा जाने यात्रुहरुका लागि सहजता प्रदान गर्नका लागि सरकारले प्रत्येक वर्ष अग्रिम टिकट बुकिङको व्यवस्था गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।