image
image

एमालेको अवरोधकै बीच प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ, २९, भदौ । प्रतिनिधिसभाको बैठक मंगलबार १ बजेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकै बीच डाकिएको बैठकमा विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरेको छ ।  

प्रतिनिधिसभाको नवौं अधिवेशन भदौ २३ गते सुरु भएयता एमालेले लगातार अवरुद्ध गरिरहेको छ । विगतमा एमालेमा रहेर वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत नदिनेमध्ये १४ सांसदलाई पदमुक्त गर्नुपर्ने भन्दै उसले संसद् अवरुद्ध गरिरहेको हो । यस विषयमा सभामुख अग्निप्रसाद सापकोटाले पार्टीले गरेको कारबाहीअनुसार सूचना जारी नगरेको एमालेको आरोप छ ।

सभामुख सापकोटाले पदीय आचरणअनुरुप काम नगरेको, पक्षपातपूर्ण व्यवहार गर्दै पार्टी विभाजनमा सहयोगी भूमिका खेलेको पनि एमालेको आरोप छ ।

संसद्को अवरोध खोल्न सभामुखले सोमबार डाकेको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको थियो । उसले आफ्ना माग पूरा नभएसम्म सदन अवरुद्ध गर्ने बताएकाले मंगलबारको बैठक पनि अवरुद्ध हुने देखिएको छ ।

सत्तारूढ गठबन्धनका दलहरूले भने एमालेले संसद्ले काम गर्न सक्दैन भन्ने स्थापित गर्न खोजेको भन्दै सदन चलाउन सभामुखलाई दबाब दिइरहेका छन् । गठबन्धनले बजेटसँग सम्बन्धित विनियोजन विधेयक अगाडि बढाउनुपर्ने जोड दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।