image
image

जनमत पार्टीको विस्तारित बैठक बस्दै

काठमाडौँ, २९, भदौ । सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि बस्दैछ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा बस्न लागेको बैठकमा संगठन विस्तार, आगामी चुनाव, पार्टीको भावी कार्यदिशा, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने जनमत पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिए । बैठकमा सहभागीका लागि केन्द्रीय सदस्यलगायत पार्टी मातहतका संगठनका प्रतिनिधिहरू आउने क्रम जारी रहेको छ ।


केन्द्रीय समितिको विस्तारित बैठक बेलुका बस्नेछ । त्यसअघि पार्टीको कार्यकारिणी समितिको बैठक बसिरहेको उनले बताए । विस्तारित बैठकको एजेन्डाबारे कार्यकारिणी समितिको बैठकमा छलफल भइरहेको छ । उनले भने, पार्टी कार्यकारिणी समितिको बैठक तीन दिनदेखि चलिरहेको छ । आज सो बैठक सकेपछि केन्द्रीय समितिको विस्तारित बैठक बस्नेछ । विस्तारित बैठक भोलिसम्म चल्ने उनले बताए ।


तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी चुनावको मिति घोषणा गरेपछि पार्टीका अध्यक्ष सिके राउत चुनावको तयारीमा जुटिसकेका थिए ।  प्रदेश, जिल्ला तथा स्थानीय तहलगायतमा चुनाव सम्बन्धी विभिन्न गतिविधिहरू सुरु गरिएको थियो । तर, काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि जनमत पार्टीको चुनावसम्बन्धी अभियान तथा गतिविधिहरू सेलाएका छन् । चुनाव हुने अवस्था देखिएपछि पार्टीलाई पुनस् त्यसमा केन्द्रित गरिने उनले बताए । जनमत पार्टीले चैतमा महाधिवेशन सम्पन्न गरेपछि निरन्तर संगठन सुदृढीकरणमा लागेको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।