image
image

विष्णु माझीको अवस्थाबारे जानकारी लिन प्रहरी पुग्यो उनको माइतीघर

काठमाडौँ, २९, भदौ । गायिका विष्णु माझीको अवस्थाबारे जानकारी लिन प्रहरीले चासो देखाएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आग्रह गरेपछि प्रहरीले विष्णु माझीको अवस्थाबारे जानकारी लिने प्रयास गरेको छ ।   

जिल्ला प्रहरी कार्यालय स्याङ्जाको एक टोली विष्णुको माइती घर पुगेर जानकारी लिएको छ । जिल्ला प्रशासन कार्यालयबाट आग्रह आएपछि हाम्रो टोली विष्णुको माइती घर पुगको थियो, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बाह्रखरीसँग भने, तर, उनको माइतीमा बुवा र दाजुभाइ कोही पनि नभएकाले खासै धेरै जानकारी पाउन सकिएन । छिमेकमा बुझ्दा उहाँ लामो समयदेखी माइती नगएको बुझिएको छ ।

विष्णुका सुभचिन्तक तथा स्रोतारदर्शकले उनको अवस्थाबारे चासो देखाएपछि राष्ट्रिय मानव अधिकार आयोगले उनको अवस्था बुझ्न जिल्ला प्रशासन स्याङ्जालाई पत्राचार गरेको थियो । 

केही वर्ष अगाडि जिल्ला प्रशासन कार्यालय स्याङ्जामा उपस्थित भएर विष्णुले आफूलाई पारिवारिक दबाब नरहेको बताएकी थिइन् । आफू राजीखुसी मिडियामा नआएको बताएकी थिइन् । 

विष्णुका श्रीमान् सुन्दरमणि अधिकारीले उनलाई दबाबमा बाहिर आउन नदिएको टिका–टिप्पणी हुँदै आएको छ । तर, उनले यो आरोपलाई नकार्दै आएका छन् । 

केही समय अगाडि विष्णुको स्वरमा तिज गीत ‘चरी जेलैमा’ बजारमा आएको थियो । उक्त गीत विष्णुकै जीवनमा मेल खाने रहेको स्रोता तथा दर्शकको अनुमान लगाएका थिए । यद्यपि, सो गीत सुन्दरमणिले नै लेखेका हुन् । भिडियो निर्देशन पनि सुन्दरमणि कै हो । 

लोकदोहोरीमा विष्णु माझीको लोभलाग्दो क्रेज छ । उनी प्रति गीत रेकर्ड गराएको दुई लाख रुपैयाँ पारिश्रमिक लिन्छिन् । यति महंगो पारिश्रमिक लिने नेपालमा विष्णु एक मात्रै गायिका हुन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।