image
image

स्पन्ज आइरनमा भन्सार छुट अहिले नै लागू नगर; रोलिङ मिल संचालक

काठमाडौँ, २८, भदौ । बिलेट आयात गरेर फलामे डन्डी उत्पादन गर्दै आएका रोलिङ मिल संचालकहरुले सरकारले संशोधन विधेयकमार्फत अघि सारेको स्पन्ज आइरनमा कर छूटको सुविधा तत्काल लागू नगर्नका लागि सरकारसँग आग्रह गरेका छन्। 

सोमबार राजधानीमा पत्रकार भेला गर्दै रोलिङ मिल उद्योगीहरुले स्पन्ज आइरनमा भन्सार छुटको सुविधाले सीमित उद्योगहरुलाई फाइदा हुने भए पनि २४ उद्योग प्रतिस्पर्धा गर्न नसकेर बन्द हुने अवस्थामा पुग्ने जिकिर गर्दै यो कर सहुलियत अहिले कार्यान्वयनमा नल्याउन आग्रह गरेका हुन् ।  नहुने बताएका हुन्।

सरकारले अघि सारेको नीति दीर्घकालका लागि समग्र अर्थतन्त्रका लागि राम्रो भएपनि प्रत्यक्ष प्रभाव पर्ने सरोकारवाला उद्योगहरुसँग परामर्शबिनै अकस्मात ल्याएको पनि जिकिर गरे। 

ढिलो चाँडो रोलिङ मात्रै गर्दै आएका स्टील उद्योगहरुसमेत कच्चा पदार्थ ल्याएर आफैं बिलेट उत्पादन गर्ने बाटोमा जानुपर्ने भएपनि यसका लागि हामीलाई पुग्दो समय दिनुपर्छ सिद्धि लक्ष्मी स्टीलका संचालक अञ्जन श्रेष्ठ भन्छन्, यसले अकस्मात सीमित उद्योगलाई मात्र फाइदा पुग्ने गरी सरकारले कर छुट दिँदा हामीले उद्योग बन्द गर्नुको विकल्प छैन ।

पञ्चकन्या स्टीलका संचालक प्रदीप कुमार श्रेष्ठले पनि सरकारको पछिल्लो नीतिको प्रभावले आफूहरुले रहरले नभएर बाध्यताले उद्योग बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने दाबी गरे। स्क्र्याप पगाल्ने भट्टी भएका उद्योग र बिलेट आयात गरेर रोलिङ गर्ने उद्योगले उत्पादन गर्ने फलामे डन्डीको बजार मूल्यमा स्पन्ज आइरनमा भन्सार छुटको नीतिले प्रतिकिलो कम्तिमा ६ रुपैयाँदेखि ८ रुपैयाँसम्म फरक पर्ने भनाइ रोलिङ मिल उद्योगीहरुको छ। 

 एक किलोमै यति ठूलो मूल्य अन्तर हुँदा प्रतिस्पर्धा नै गर्न सक्दैनौं हामी, उद्योग बन्द गर्नुपर्ने हुन्छ, श्रेष्ठ भन्‍छन्।  अर्थमन्त्री जनार्दन शर्माले गत शुक्रबार आर्थिक अध्यादेश प्रतिस्थापन विधेयक ल्याउँदै स्पन्ज आइरनमा लाग्दै आएको ५ प्रतिशत भन्सार पूर्णरुपमा हटाइदिएको हो। साथै, आयातित बिलेटमा लाग्ने अन्तःशुल्क भने प्रतिटन १६५० रुपैयाँबाट २५०० रुपैयाँ पुर्‍याएको छ।

सरकारको पछिल्लो कर नीतिले बिलेट ल्याएर रोलिङ मात्रै गर्दै आएका डन्डी उद्योगहरुलाई समेत स्टील बिलेट उत्पादन क्षमता सहितका ठुला उद्योगहरुसँग मूल्य प्रतिस्पर्धामा टिक्नका लागि बिलेट उत्पादन गर्ने गरी आफूलाई अद्यावधिक गर्नका लागि दबाब सिर्जना गरिदिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।