image
image

विश्वका ६१ देशमा फाइभजी सेवा शुरु

काठमाडौं ३ फाल्गुन ।विश्वका ६१ देशमा भने फाइभजी सेवा शुरु भइसकेको छ । ग्लोबल मोबाइल सप्लायर्स एसोसिएसनको रिपोर्ट अनुसार जनवरी २०२१ सम्ममा विश्वका ६१ देशका १ सय ४४ अपरेटरले कमर्सियल फाइभजी सर्भिसको शुरु गरिसकेका छन् ।

अन्य केही देश पनि आफ्नो देशमा फाइभजी सेवा शुरु गर्न लागिपरेका छन् । अहिले विश्वभर फाइभजी टेस्टिङ र ट्रायलको प्रक्रिया चलिरहेको छ ।छिमेकी मुलुक भारतमा पनि फाइभजी शुरु हुने प्रक्रियामा रहेको छ । भारत सरकारले फाइभजीका लागि आवश्यक पर्ने इन्फ्रास्टक्चर विकास गरिरहेको छ ।

फाइभजी पछिल्लो समयको द्रुत गतिको इन्टरनेट सेवा हो । यो इन्टरनेट हामीले अहिले प्रयोग गरेको इन्टरनेटको तुलनामा निकै स्पिडमा चल्छ ।फाइभजीको स्पिड प्रतिसेकेन्ड २० गिगाबाइटसम्म हुने बताइएको छ । यसका लागि फाइभजी सपोर्ट गर्ने डिभाइसको आवश्यक पर्ने हुन्छ ।

 फाइभजी सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताहरु लामो समयदेखि प्रतीक्षामा छन् । नेपालमा पनि फाइभजीका लागि आवश्यक पर्ने फ्रिक्वेन्सी तय भएको छ ।योसँगै नेपालमा फाइभजी सेवा विस्तारको बाटो खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।