नेपाल–भारतको सीमा सिल गर्ने निर्णय
काठमाडौँ, २८, भदौ । भारतमा हुन लागेको ग्राम पञ्चायतको चुनावलाई लक्षित गरेर नेपाल–भारत सीमा सिल गर्ने निर्णय गरिएको छ । दुई देशको सीमा क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ गर्ने उद्देश्यले नेपाल(भारत सुरक्षा अधिकारीहरू संयुक्त बैठकले सीमा सिल गर्ने निर्णय गरेको हो ।
आगामी सेप्टेम्बर २९ बाट भारतको बिहार राज्यको सीमावर्ती क्षेत्रको ग्रामपञ्चायतमा चुनाव हुँदै छ । आज जनकपुरमा दुई देशका सुरक्षा अधिकारीबीच भएको छलफलले चुनाव हुनुभन्दा ४८ घण्टा अगाडि नेपाल(भारतको सीमा नाका सिल गर्ने निर्णय भएको हो ।
विभिन्न ११ चरणमा हुने चुनावलाई निष्पक्ष, तटस्थ तथा धान्धलीरहित बनाउन नेपालबाट पूर्ण सहयोग हुने भारतीय सुरक्षाकर्मीले मागेको सहयोगमा नेपाली सुरक्षाकर्मीले भारतीय पक्षलाई नेपालबाट पूर्ण सहयोग हुने विश्वास व्यक्त गरेको छ ।
खास गरेर नेपाली सुरक्षा अधिकारीहरूले सीमावर्ती भारतीय क्षेत्रबाट नेपालतर्फ लागूऔषधिको ओसारपोसार बढेको र नेपालमा अपराध गरेर भारतीय क्षेत्रमा अपराधीहरु लुकेर बस्ने गरेको विषयमा भारतीय सुरक्षा अधिकारीहरुलाई नेपाली अधिकारीहरूले ध्यानाकर्षण गराएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिएका छन् ।
बैठकमा अवैध सामान ओसार–पोसारमा थप सूरक्षा सतर्कता अपनाउने विषयमा दुवै देशका सुरक्षा अधिकारीहरू सकारात्मक रहेको प्रजिअ बास्तोलाले बताए । साथै भारतीय पक्षले नेपाली सुरक्षा अधिकारीबाट हुँदै आएको सहयोगको उच्च प्रशंसा समेत गरिएको उनले बताए ।