image
image

चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप ल्याइने

काठमाडौा, २८, भदौ । कोभिड(१९ विरुद्धको थप ४४ लाख डोज खोप यो साताभित्र नेपाल आइपुग्ने भएको छ । सरकारले चीनसँग खरिद गरेको थप ४४ लाख डोज भेरोसेल खोप बिहीबार ल्याइने स्वास्थ्य सेवा विभागले जनाएको छ । 

त्यसका लागि नेपाल वायुसेवा विगमको जहाज यही भदौ ३० गते चीन जान लागेको छ । र, ३१ गते खोप ल्याएर फर्किने कार्यतालिका रहेको छ । यसअघि नेपालले चीनबाट अनुदानमा र खरिद गरी ७४ लाख डोज भेरोसेल खोप ल्याएको थियो । 

नेपालले आगामी चैतभित्रमा सबै लक्षित समूहलाई खोप लगाइसक्ने योजना अघि सारेको छ । त्यसका लागि ५ करोड डोज खोप आवश्यक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म सोही आधारमा सरकारले खोप ल्याइरहेको छ । 

नेपालमा २ करोड १७ लाख ५७ हजार ७६३ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ । जसमध्ये अहिलेसम्म ५१ लाख ६६ हजारभन्दा बढीले पूर्ण मात्रा खोप लगाइसकेका छन् । त्यस्तै ५७ लाख ७३ हजार भन्दा बढीले पहिलो मात्रा लगाएका छन् । 

१८ वर्ष मुनिका किशोर किशोरीका लागि पनि मोडेर्ना र फाइजर खोप किन्ने प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि औषधि व्यवस्था विभागले फाइजर खोपलाई नेपालमा आपतकालिन प्रयोगको लागि अनुमति दिएको थियो । अब उक्त खोप नेपाल ल्याएर १८ वर्ष मुनिका किशोर किशोरी तथा स्तनपान गराइरहेका महिलाहरूलाई समेत खोप दिइनेछ । 

अहिलेसम्म नेपालमा प्रयोग भइरहेको कोभिशिल्ड, भेरोसेल, अस्ट्राजेनिका खोप १८ वर्ष भन्दा माथिको उमेर समूहलाई लगाइरहेको छ । फाइजर खोप भने बालबालिका तथा स्तनपान गराइरहेका महिलाहरूलाई प्राथमिकतामा राखेर दिने योजना सरकारको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।