image
image

विराटनगरको नोवेल अस्पतालमा पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण 

काठमाडौँ, २८, भदौ । विराटनगरस्थित नोवेल मेडिकल कलेजले ‘उपत्यका बाहिर पहिलोपटक’ मिर्गौलाको सफल प्रत्यारोपण गरेको छ। धरानका ३४ वर्षका टेकनाथ भुर्तेलको मिर्गौला प्रत्यारोपण सफल भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार शनिबार डाक्टर शैलेन्द्र श्रेष्ठ नेतृत्वको चिकित्सक टिमले मिर्गौला प्रत्यारोपण गरेको हो। 

पछिल्लो डेढ वर्षयता डायलासिस गराउँदै आएका भुर्तेलको यो सफल प्रत्यारोपणलाई नोवेलले उपत्यका बाहिरको पहिलो घटना दाबी गरेको छ । 

काठमाडौं बाहिरका नेपालका अस्पतालमा मृगौला प्रत्यारोपण भएको यो पहिलो पटक भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए । उनका अनुसार अहिले विरामीको अवस्था सामान्य छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।