मानव अधिकार आयोगकाे पत्राचारपछि विष्णु माझीको माइतीघर पुग्यो प्रहरी
काठमाडौँ, २८, भदौ । चर्चित गाईका विष्णु माझी पछिल्लो समय सामाजिक सञ्जालमा पनि उतिकै चर्चामा आएकी छिन । गायिका विष्णु माझीको अवस्थाबारे समाजिक सञ्जलमा विभिन्न किसिमका टिकाटिप्पणी हुन थालेपछि प्रहरीले माइती पक्षसँग सोधखोज गरेको छ। सोमबार जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली माझीको माइतीघर रहेको स्याङ्जाको चापाकोटमा पुगेर सोधखोज गरेको हो ।
सोधेखोजका क्रममा माझी नआएको वर्षौँ भइसकेको जानकारी आएको बोगटीले जानकारी दिए । उनका अनुसार राष्ट्रिय मानवअधिकार आयोगले माझी लामो समयदेखि सार्वजनिक नभएको भन्दै उनको अवस्थाबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जामा पत्र पठाएको थियो ।
सोही पत्र प्रशासनले प्रहरीमा पठाएपछि बोगटी नेतृत्वको टोली माझीको अवस्थाबारे बुझ्न माइतीघर रहेको चापाकोट पुगेको हो । बोगटीले प्रहरी पत्रको आधारमा माइतीपक्षका आफन्तकहाँ बुझ्न पुगेको भएपनि आफूहरुले उनीहरुलाई झिकाउने लगायतका प्रक्रियाका सन्दर्भमा भने कसैले लिखित उजुरी दिएको सन्दर्भमा मात्रै हुनसक्ने बताए । पत्र आएपछि सोधखोज गर्नु सामान्य प्रक्रिया भएको पनि उनको भनाइ छ ।