image
image

न्युजिल्याण्डमा एक साता थपियो लकडाउन

काठमाडौँ, २८, भदौ । न्युजिल्याण्डको राजधानी सहर अकल्याण्डमा कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि लगाइएको लकडाउन अझै एक साता लम्ब्याइएको छ । सोमबार न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले कोरोना भाइरसको डेल्टा भेरियन्टसहितको संक्रमणको जोखिम कायम रहेकाले लकडाउन थप गर्ने निर्णय गर्नुपरेको बताएकी छिन् ।

प्रधानमन्त्री अर्डनका अनुसार २१ सेप्टेम्बरपछि भने यो लकडाउन केही खुकुलो बनाइने छ । १७ लाख मानिसको बसोबास रहेको अकल्याण्डमा सोमबार कोरोनाका ३३ नयाँ संक्रमित फेला परेका छन् । न्युजिल्याण्डको अन्य स्थानमा भने कोरोनाको नयाँ संक्रमण देखिएको छैन ।

न्युजिल्याण्ड विभिन्न मापदण्डहरु अपनाउँदै कोरोना संक्रमण नियन्त्रणका लागि सफल बनेको मुलुक हो । छिमेकी मुलुक अष्ट्रेलियामा कोरोना संक्रमण फैलिनुभन्दा पहिला धेरै महिनासम्म न्युजिल्याण्डमा कोरोनाका कुनै पनि संक्रमित फेला परेका थिएनन् ।

न्युजिल्याण्डले २०२० को मार्च महिनादेखि बन्द गरेको आफ्नो अन्तर्राष्ट्रिय सीमा अझै पनि खोलेको छैन । कोरोना महामारी सुरु भएयता अहिलेसम्म न्युजिल्याण्डमा कोरोनाका ३५ सयभन्दा धेरै संक्रमित फेला परेका छन् भने संक्रमणको कारण २७ जनाको मृत्यु भएको छ । अहिलेसम्म न्युजिल्याण्डमा करिब ३४ प्रतिशत मानिसले पूरा डोज कोरोना खोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।