image
image

अपर तामाकोशी हाइड्रोपावरले बोलायो दुई आर्थिक वर्षको साधारण सभा

काठमाडौँ, २८, भदौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक बोलाएको हो । 

कम्पनीको बाह्रौँ र तेह्रौँ वार्षिक साधारण सभा असोज १९ गते नेपाल विद्युत प्राधिकरण, दरबारमार्गमा बिहान ११ः३० बजे हुने भएको छ । उक्त सभा भर्चुअल माध्यमबाट सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

सभाले आयोजना प्रभावित दोलखा जिल्ला स्थित विभिनन सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णयअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा उपलब्ध गराइएको आर्थिक सहयोग रकम अनुमोदन गर्नेछ । 

यसका साथै, दुबै आर्थिक वर्षको नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार असोज ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।