चाडपर्व लक्षित गरि असोज १ देखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने
काठमाडौँ, २२, भदौ । आगामी असोज १ गतेदेखि सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ । खासगरी, हिन्दु नेपालीको महान पर्व दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी विगतका वर्षहरुमा जस्तै यो वर्ष असोज १ गतेदेखि सुपथ मुल्य पसल सञ्चालनमा आउने भएको हो ।
सुपथ पसलमार्फत चिनी, नुन, चामल, गेडागुडी र खसीबोकामा उपभोक्तालाई छुट दिइने भएको हो । चिनीमा प्रतिकेजी ५ रुपैयाँ, नुनमा प्रतिकेजी २ रुपैयाँ, चामलमा प्रतिकेजी ५ रुपैयाँ, गेडागुडी र खसीबोकामा प्रतिकेजी १० रुपैयाँ छुट दिइने छ ।
चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिनका लागि सरकारले प्रत्येक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कम्पनी र कर्पोरेसनका उपत्यकासँगै मुलुकभर रहेका आफ्ना बिक्री केन्द्रमार्फत छुट मूल्यमा खाद्यान्न बिक्री गरिनेछ ।
डपर्वमा दैनिक उपभोग्य वस्तुको खपत बढी हुँदा निजी क्षेत्रले अस्वाभाविक मूल्य लिई उपभोक्ता ठग्न सक्ने भन्दै सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । दशैंमा निजी क्षेत्रले पनि सुपथ मूल्यमा सामान बिक्री गर्ने गर्छन् । १ असोजदेखि सुरु गरिएको सुपथ मूल्य पसल छठसम्म सञ्चालन हुने मन्त्रालयले जानकारी दिएको छ ।
दसैमा खसीबोकाको खपत धेरै हुने हुँदा निजी क्षेत्रका व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्न सक्ने हुनाले बजार मूल्य नियन्त्रण गर्नका लागि कम्पनीले प्रत्येक वर्ष खसीबोका खरिद गरेर सुपथ मूल्यमा बिक्री गर्ने गरेको छ ।