image
image

केयर गिभरमा इजरायल जानेको भाषा परीक्षा आज हुँदै 

काठमाडौँ, २८, भदौ । इजरायलका रोजगारीका लागि जाने श्रमिक छनोट गर्न आज भाषा परीक्षा हुँदै छ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि जाने श्रमिक छनोट गर्न आज भाषा परीक्षा लिन लागिएको हो । काठमाडौंका विभिन्न परीक्षा केन्द्रमा दिउँसो १ बजेबाट एक घण्टा हुने परीक्षा हुने छ । परीक्षामा ७ हजार परीक्षार्थी सहभागी हुने छन् । 

८० पूर्णाङ्कको परीक्षामा ४० वटा टिकमार्क प्रश्नको जवाफ दिनु पर्ने छ । परीक्षाको नतिजा दुई दिनभित्र सार्वजनिक गरिने बताइएको छ । लिखित परीक्षाको नतिजा सार्वजनिक भएको १० दिनभित्र अन्तर्वार्ता हुने छ । 

शारीरिक परीक्षण पनि हुने छ । परीक्षार्थीको तौल कम्तीमा ४५ किलो र उचाइ १।५ मिटर हुनुपर्नेछ । ७ सय महिला र ३ सय पुरुष छनोट हुनेछन् । इजरायल जाने श्रमिकले सरकारलाई १ लाख ६५ हजार रुपैयाँ तिर्नु पर्ने छ । एक लाख ८६ हजार रुपैयाँ मासिक पारिश्रमिक हुने छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।