एनआरएनएको निर्वाचन रोक्न परराष्ट्र मन्त्रालयको पत्र
काठमाडौँ, २८, भदौ । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन राक्न पत्राचार गरेको छ । एनआरएनएको प्रतिनिधि विवादका कारण मन्त्रालयले निर्वाचन केही समय रोक्न पत्राचार गरेको हो ।
विभिन्न देशबाट भदौ २४ मा पठाइएको प्रतिनिधिको सूची गैरकानुनी भन्दै परराष्ट्रमन्त्रालयमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा मन्त्रालयले आगामी अक्टोबमा हुने भनिएको निर्वाचन रोक्न निर्देशन दिँदै पत्राचार गरेको हो ।
परराष्ट्र मन्त्रालयमा एनआरएनएका ३ जना सदस्यले प्रतिनिधिको सूची गैरकानुनीभन्दै उजुरी गरेका थिए । यद्यपी, एनआरएनएले भने विधान अनुसार नै प्रतिनिधि चयन गरेको भएपनि केही पदाधिकारी निर्वाचन लम्ब्याउन लागि परेको आरोप लगाएको छ ।