image
image

बहराइनमा आन्दोलित श्रमिकका समस्या समाधानका लागि पहल जारी

काठमाडौँ २७ भदौ । बहराइनमा आन्दोलित श्रमिकका समस्या समाधानका लागि पहल जारी भइरहेको बहराइन स्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले विवादमा उत्रेका श्रमिकलाई  संयमता अपनाउन नेपाली श्रमिकलाई अनुरोध समेत गरेको छ ।

केही दिनदेखि बहराइनको बाम्को प्रोजेक्टको ठेक्का पाएको नासिर सिड अलहाजरी कर्पोरेसनमा (एनएसएच) कार्यरत नेपाली श्रमिक र त्यहाँको व्यवस्थापन बीच विवाद चर्किएको छ । कम्पनीमा कार्यरत श्रमिकले सुरक्षा र स्वास्थ्यकर खाना दिनुपर्ने माग राख्दै आएका छन् ।

श्रमिले काम छाडेर क्याम्पमा नै बसेर आन्दोलन थाले पछि नेपाली दूतावास, बहराइन सरकार, रोजगारदाता कम्पनी र श्रमिकबीच गएको ७ सेप्टेम्बरमा छलफल भएको थियो । वार्तामार्फत नै समस्याको समाधान हुने भन्दै दूतावासले सबै श्रमिकलाई केही समय संयमता अपनाइ समस्या समाधानका लागि बनेको खाकालाई पूर्णता दिन पनि अनुरोध समेत गरेको छ ।    
 
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।